१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
२o८२ बैशाख १२ शुक्रबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्छ : निर्मला शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार o९:२९:oo

नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार आक्रमण गर्ने र उनीहरूलाई संरक्षण गर्ने प्रहरीलाई कारबाहीको माग गरेकी छन्। पत्रकार राधेश्याम विश्वकर्माको न्यायको माग गर्दै लुम्बिनी प्रेस क्लबको अगुवाइमा बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीअगाडि भएको एक घण्टा धर्ना कार्यक्रममा सहभागी अध्यक्ष शर्माले पत्रकारको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आरोपीलाई तत्काल पक्राउ गर्न माग गरिन्।

रुपन्देहीको मायादेवी– ६, मा पत्रकार विश्वकर्मामाथि आफूलाई दीपेश यादव बताउने तस्करहरूको सात–आठजनाको समूहले सञ्चार उपकरण खोसेर आक्रमण प्रयास गरेकाे थियाे । उक्त घटनमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै लुम्बिनी प्रेस क्लबले आन्दोलन सुरु गरेको हो। 

लोकतन्त्र दिवसकै दिन पत्रकार र उनीहरूले संकलन गरेका समाचार सामग्रीको सुरक्षा माग गर्नुपर्ने अवस्था आउनु दुःखद भएको उनले बताइन् । ‘प्रेस स्वतन्त्रका लागि हामी निरन्तर लड्यौँ,’ उनले भनिन्, ‘पत्रकारले संकलन गरेका फुटेज र कन्टेन्ट डिलिट गर्न लगाइएको घटनाको घोर भर्त्सना गर्दछु ।’ लुम्बिनी प्रेस क्लबले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दै उनले मिडियामाथिको कुनै पनि हमला सह्य नहुने बताइन्।

‘हामी अहिले राजावादी आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको घटना छानबिनको माग गर्दै आन्दोलनमा छौँ,’ उनले भनिन्, ‘यसैक्रममा फिल्डमा खटिएका पत्रकारका समाचार सामग्री डिलिट गरिनु गम्भीर विषय हो । अब हाम्रो आन्दोलनमा यो विषय पनि समावेश भएको छ ।’ शर्माले पक्राउ परेका व्यक्ति भगाउन सहयोग गर्ने प्रहरीलाई समेत कारबाही माग गरिन् ।