१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघका नेताहरूद्वारा बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन, ८ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १७:oo:oo

नेपाल विद्यार्थी संघका नेताहरूले प्रधानमन्त्रीनिवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन लगाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरू पूरा गर्न तत्परता नदेखाएकोलगायत भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।  

उनीहरूले ‘त्रिभुवन विश्वविद्यालयको भिसी नियुक्तिमा खुला प्रतिस्पर्धा खोई? शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन? प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’लगायत नारा लेखिएका पम्प्लेट बोकेका थिए ।  

पछिल्लो समय विश्वविद्यालयका उपकुलपतिको राजीनामा, शिक्षामन्त्रीको राजीनामा, शिक्षकहरूको आन्दोलनमा सरकारले तदारुकता नदिएको भन्दै सत्तारूढ दलभित्र असन्तुष्टि बढेको छ।  नेविसंघका नेताहरू विरोधमै उत्रिएका छन्। यसरी प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 केन्द्रीय सदस्यहरू विनोदराज जोशी, विवेक आचार्य, उपासना अधिकारी, आरआर इकाइ सभापति जितेन्द्र तिमल्सिना, अस्कल इकाइका नेता सुमित भट्टराई, ल क्यापसका नेताहरू मनीष भट्टराई र आदर्श तिवारी तथा काठमाडौं स्कुल अफ लका हिमाल बिष्ट पक्राउ परेका हुन्।