१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १२ शुक्रबार o८:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१७ वैशाखमा जनमत र नाउपाबिच एकता हुन्छ : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार o८:५६:oo

जनमत पार्टीका अध्यक्ष सिके राउतले १७ वैशाखमा नागरिक उन्मुक्ति पार्टीसँग एकता हुने बताएका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले एकता हुन नदिन विभिन्न षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सचेत हुन कार्यकर्ता पंक्तिलाई आग्रह पनि गरेका छन् । 

‘धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ । किनकि आन्दोलन र जनताको बिचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ । नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदै छ,’ राउतले भनेका छन्, ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्रहत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिका नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन् ।’

उनले एकताको आधार तयार भइसकेको दाबी गर्दै भनेका छन्, ‘तर, हामी आत्तिएका छैनौँ । तपाईंहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकाले हामी एकताका लागि अगाडि बढ्ने नै छौँ । एकता हुन्छ नै । यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच घोषणाको तयारी गर्दै छौँ ।’