१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ११ बिहीबार ११:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम दिउँसो १ बजेबाट

कार्यक्रममा ४० वर्ष मुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने एमालेको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार ११:३३:oo

नेकपा एमालेको आयोजनामा हुने ‘युथ सेलिब्रेसन’ विशेष कार्यक्रम काठमाडौंकाे भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुँदै छ । ‘युथ सेलिब्रेसन’ कार्यक्रममा ४० वर्षमुनिका एक लाख युवा एकैठाउँमा जम्मा हुने एमालेको दाबी छ । 

कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त रूपमा शुभकामना मन्तव्य दिनेछन् । यसैगरी, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरकाकी उपप्रमुख सुनिता डंगाेल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारीलगायत ४० वर्षमुनिका युवा वक्ताहरूले आफ्नो धारणा राख्ने छन् ।

यसको साथै विविध सांस्कृतिक कार्यक्रम पनि देखाइने छ भने युवाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको हाे । भृकुटीमण्डपमा हुने एकदिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरुलाई सहभागी हुन अपिल गरेको छ ।