१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार जाँचपास गर्न चिनियाँ कन्टेनर पहिलोपटक चोभार बन्दरगाहमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

रेल र सडकमार्ग हुँदै चिनियाँ सामग्री बोकेर आएका कन्टेनर पहिलोपटक सोझै चोभार सुक्खा बन्दरगाहमा आएका छन् । यसअघि तातोपानी र रसुवा भन्सारमा जाँचपास भएर मात्र मालवाहक सवारीसाधन चोभार सुक्खा बन्दरगाह आउने गरेका थिए ।

इन्टरमोडल यातायात विकास समितिका अनुसार २९ चैतमा चीनको इयू सहरबाट सीधै रेलमार्ग र सडकमार्ग प्रयोग गरी आएका चारवटा ४० फिटे कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन् । पिएनपी इन्टरप्राइजेज, अम्बर एन्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेसनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले आयात गरेको कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकरलगायतका सामान बोकेको साउथ एसिया रेलवेको चारवटा कन्टेनर पहिलोपटक भन्सार जाँचपासका लागि सीधै चोभार सुक्खा बन्दरगाह आइपुगेको समितिले जनाएको छ । २० दिन लगाएर कन्टेनर चोभार आइपुगेका हुन् ।

चीनबाट सामान बोकेका कन्टेनर चोभारसम्म सीधै आउन पाउने गरी कानुनी व्यवस्था गरेपछि पहिलोपटक चीनको रेल र सडकमार्ग प्रयोग भएर कन्टेनरमा सामान चोभार सुक्खा बन्दरगाह आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।