Skip This
मेरो माइक्रोफाइनान्सकाे शाखा प्रबन्धकस्तरीय गोष्ठी सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १० बुधबार १३:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेरो माइक्रोफाइनान्सकाे शाखा प्रबन्धकस्तरीय गोष्ठी सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १३:o८:oo

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शाखा प्रबन्धकस्तरीय गोष्ठी सम्पन्न गरेको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बन्धमा आवश्यक निर्देशन दिँदै  मन, वचन र कर्मबाट योगदान गर्न कर्मचारीहरूलाई प्रेरित गरे ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न यस गोष्ठीले प्रबन्धकहरू सक्षम भई बजारमा आफूलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए। उक्त तालिममा युवापुस्ताका मोटिभेटर तथा पूर्वबैंकर अनिलकेसरी शाह, लघुवित्तविज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीिकर सौनक भट्टले सहजीकरण गरेका थिए । 

पोखरामा आयोजित दुईदिने बृहत् कार्यक्रममा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्मका १४९ शाखा कार्यालयका शाखा प्रबन्धकहरू, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न विभागका प्रमुखसहित करिब दुई सयजनाको सहभागिता रहेको थियो।