Skip This
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १६:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १६:२१:oo

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल जुन ५ मा हुनेछ। यो खेल फिफा विन्डोअन्तर्गत हुन लागेको अन्तर्राष्ट्रिय खेल हो। खेल हङकङमै हुने पनि एन्फाले जनाएको छ।

नेपालले ३७ वर्षपछि हङकङको सामना गर्ने भएको हो। यसअघि सन् १९८८ मा भएको यी दुईबिचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

नेपालले यो मैत्रीपूर्ण खेललाई एसिसी एसिया कप छनोट तेस्रो चरणको तयारीका रूपमा लिएको छ। छनोटको दोस्रो खेलमा नेपालले जुन १० मा लाओसको सामना गर्दै छ।