Skip This
जनसन्देश दिने बजेट ल्याउन निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका लुम्बिनी
Invalid date format १o:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जनसन्देश दिने बजेट ल्याउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
Invalid date format १o:o५:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष ०८२/८३ को बजेट जनसन्देश दिने गरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सीमित स्रोत–साधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयनयोग्य योजना समेट्नुपर्ने बताए । मुख्यमन्त्रीको कार्यालयमा बजेट तर्जुमासम्बन्धी गरिएको एक कार्यक्रममा मुख्यमन्त्री आचार्यले घाटा बजेट ल्याउने पक्षमा नरहेको बताए ।  

चालू आर्थिक वर्षमा झन्डै ३९ अर्बको बजेट ल्याइएको भए पनि आगामी वर्षमा ३२ अर्बभन्दा बढी बजेट बनाउने अवस्था नरहेको उनले बताए । ‘यसपटक घाटाको बजेट ल्याएर अघि बढ्न सकिँदैन । त्यसैले बजेटको सीमा निर्धारण गरिएको हो,’ उनले भने । समानीकरण अनुदान प्राप्त नहुँदा दायित्व थपिएको अवस्था रहे पनि त्यसबाट मुक्त भइसकेको प्रदेश सरकारले अब ऋण बोक्ने, भार थोपर्ने काम नगर्ने उनले बताए ।