Skip This
महालक्ष्मी विकास बैंकको कोष लागत ५.०४ प्रतिशत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकको कोष लागत ५.०४ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४o:oo

महालक्ष्मी विकास बैंक आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमाससम्म सबैभन्दा कम कोष लागत (कस्ट अफ फन्ड) भएको विकास बैंक बनेको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कोष लागत ५.०४ प्रतिशत छ । यो गत आवको सोही अवधिमा ७.६२ प्रतिशत रहेको थियो । 

कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधारदरमा समेत परेको बैंकले जनाएको छ । जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको बताइएको छ । आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदरसमेत कम हुने हुँदा सोको लाभ ऋणीले लिन सक्छन् । 

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा बैंकको पुँजी कोष चालू आवको चैत मसान्तसम्म १५.७५ प्रतिशत रहेको छ, जुन गत आवको सोही अवधिमा १२.७५ प्रतिशत रहेको थियो । यसरी न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ ।