Skip This
जम्मु–कस्मिर हमलामा परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जम्मु–कस्मिर हमलामा परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३o:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु–कस्मिरको पहलगाममा भएकाे जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छिन्। परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् ।  साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरिन् । 

‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ,’ एक्समा उनले लेखेकी छिन् । परराष्ट्रमन्त्री डा. देउवाले उक्त दुःखद घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छिन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एकजना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।