Skip This
बेवारिसे अवस्थामा एक क्विन्टलभन्दा बढी गाँजा बरामद
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
२o८२ बैशाख १० बुधबार १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेवारिसे अवस्थामा एक क्विन्टलभन्दा बढी गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १५:५५:oo

मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका– २, धवोडीबाट १०१ केजी ३१० ग्राम गाँजा बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार धवोडी खोल्सामा रहेको ह्युमपाइपभित्र लुकाएर राखिएको अवस्थामा उक्त गाँजा मंगलबार राति फेला परेको हो।

ह्युमपाइपभित्र प्लास्टिकका पोकामा लागुऔषध गाँजा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। गाँजा कसले लुकाएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।