Skip This
जम्मु–कस्मिर आक्रमण : प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जम्मु–कस्मिर आक्रमण : प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o८:५७:oo

प्रधानमन्त्री केपी ओलीले जम्मु–कस्मिरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’

उक्त आक्रमणमा एकजना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकारनिकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एकजना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।