Skip This
कांग्रेसका दुई महामन्त्री र एक नेता असन्तुष्ट देखिन्छन्, देउवा यताउता भएका छैनन्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o७:o८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसका दुई महामन्त्री र एक नेता असन्तुष्ट देखिन्छन्, देउवा यताउता भएका छैनन्

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:o८:oo

एमाले बैठकमा सरकार परिवर्तनको चर्चाबारे छलफल भएको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकमा सरकारको विषयमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेताहरूले असन्तुष्टि राखे पनि सभापति शेरबहादुर देउवा यताउति नभएको जिकिर गरेका छन् ।

‘दुईवटा महामन्त्री र एकजना नेताले असन्तुष्टि राखेको देखिन्छ । शेरबहादुर देउवाजी यताउति हुनुभएको छैन । कांग्रेस संस्थागत निर्णयमा तलमाथि छैन । अस्थिरता चाहने केही नेताले हल्ला फैलाएका मात्रै हुन्,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । ती नेताका अनुसार सरकारका विषयमा भ्रम फैलाउने काम भएको भन्दै सचेत बन्न नेताहरूलाई निर्देशन दिएका छन् ।

उच्चस्तरीय संयन्त्रमै रहेका कांग्रेस महामन्त्री गगन थापाले सरकारको गति नपुगेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाउन थालेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला, एनपी साउद, अर्जुननरसिंह केसीलगायतले गठबन्धन सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सार्वजनिक रूपमा सरकारलाई पूर्ण साथ र समर्थन रहेको बताउँदै आएका कांग्रेस सभापति देउवासमेत पछिल्लो समय रक्षात्मक बनेका छन् । 

सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गर्दै संयन्त्रमै छलफल गर्न कांग्रेस महामन्त्री थापालाई सुझाव दिए । ‘सरकारको पर्फमेन्स अझ राम्रो होस्, सरकारले अझ गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकौँ लेबलमा मेकानिजम बनाएका छौँ । त्यो असल मनसायकै साथ भनिएको होला भन्ने म ठान्दछु,’ उनले भने ।

कांग्रेसभित्रकै असन्तुष्टिलाई लिएर प्रमुख प्रतिपक्ष दल माओवादीले खेल्न खोजेको विश्लेषण एमालेको छ । ‘सरकार परिवर्तन हुने विषय न नेपाली जनताले मन पराउँछन्, न त्यो समाधान हो, न त्यसको कुनै सम्भावना छ । असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन,’ ज्ञवालीले भने, ‘त्यसैलाई लिएर खेल्न सकिन्छ कि भनेर प्रचण्डले भन्नुभएको होला । यो नितान्त असान्दर्भिक कुरा हो ।’

 सरकारको कमजोरी स्वीकार
सरकारको कमीकमजोरी रहेको एमालेले स्वीकार गरेको छ । कमजोरीलाई आधार बनाएर राजावादीले प्रणाली उल्ट्याउने र माओवादीले सरकार परिवर्तनको कुरा उठाएको एमालेले दाबी गरेको छ । ‘अहिले मुलुक जुन कोर्समा अगाडि बढिरहेको छ । गर्नुपर्ने अझै धेरै काम छन् । अझै बेटर पर्पmर्मेन्स गर्न बाँकी छ, त्यसमा हामीले सरकारलाई भनिराखेका छौँ । केही कमीकमजोरीलाई आधार बनाएर एकथरीले प्रणाली नै उल्ट्याउने कोसिस गर्ने अर्कोथरीको ध्यान केवल सरकार परिवर्तनमा मात्रै जाने कुरा अस्थिरताका प्रयत्न हुन् । ती गलत छन्, तिनीहरू सफल हुँदैनन् भन्ने पार्टीको प्रस्ट मान्यता रहेको छ,’ ज्ञवालीले भने ।

 सत्ताप्रति माओवादीको आसक्ति
माओवादीमा सत्ताप्रतिको आसक्तिले प्रचण्डले सरकार परिवर्तनको विषय अघि सारेको ज्ञवालीले दाबी गरे । ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको कुण्ठा, पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको कुनै सान्दर्भिकता र औचित्य छ । राष्ट्रिय राजनीतिका यावत् कुरालाई छाडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आसक्ति र सत्तामोहबाहेक अरू केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई हामीले खण्डन गरेका छौँ,’ उनले भने । 

 पूर्वराजाको अभिव्यक्ति आपत्तिजनक
नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । पूर्वराजा र राजावादीको गतिविधि सफल नहुने दाबी ज्ञवालीले गरे । ‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौँ । त्यो एकदमै गलत कुरा हो ।

१५ चैतमा जुन आपराधिक घटना भयो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो । त्यसैलाई जनताको जागरण भन्ने हो भने सर्वसाधारण नागरिकको घरमा लुटपाट, सर्वसाधारणको सम्पत्तिमाथि तोडफोड, सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमाथिको विध्वंश पनि जागरण हुन् । यो धेरै आपत्तिजनक कुरा हो । यस्ता खालका कुनै पनि क्रियाकलाप नगर्नका निम्ति भनेका छौँ । त्यस्ता कुरा कुनै पनि रूपमा स्वीकार्य हुँदैन, सफल पनि हुँदैन,’ ज्ञवालीले भने । मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको भन्दै ज्ञवालीले यसलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने बताए । 

 सात नेतालाई ‘कम्युनिस्ट योद्धा’ सम्मान
एमालेले पार्टी स्थापनाको ७६औँ वर्षगाँठको अवसरमा सात नेतालाई ‘कम्युनिस्ट योद्धा’ सम्मानबाट सम्मानित गर्ने भएको छ । लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्न शर्मा न्यौपाने जाजरकोट (मरणोपरान्त), शोभाराम बस्नेत दाङ, वाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडाैं, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई कम्युनिस्ट योद्धा सम्मानबाट सम्मानित गर्ने निर्णय भएको ज्ञवालीले बताए । कार्यक्रममा कोके र माले निर्माणको क्रममा भूमिगत जीवन बिताएका ३४ नेताको ‘सेल्टर पुस्तक’ पनि सार्वजनिक गर्ने तय भएको उनले बताए । 

यस्तै, ११ वैशाखलाई काठमाडौंमा युवा सेलेब्रेसनको रूपमा मनाउने पनि उनले जानकारी दिए । ‘वैशाख ११ जनताले जितेको दिन । निरंकुश राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र औपचारिक बीजारोपण गरेको उक्त दिनलाई युथ सेलेब्रेसनको रूपमा मनाउने तयारी गरेका छौँ । आजको पुस्तालाई लोकतन्त्र, गणतन्त्र र खुलापनको महत्व बताउन हामीले कार्यक्रम राखेका हौँ,’ ज्ञवालीले भने ।

प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले
सरकारको पफर्मेन्स अझ राम्रो होस्, सरकारले अझ गति बढाओस् भनेर आउने टीकाटिप्पणीलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । संयन्त्रका साथीहरूले संयन्त्रमै छलफल गर्दा राम्रो । हामीले अनेकौँ लेवलमा मेकानिजम बनाएका छौँ । त्यो असल मनसायकै साथ भनिएको होला भन्ने म ठान्दछु । राष्ट्रिय राजनीतिका यावत कुरालाई छाडेर प्रचण्डले सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति र सत्ता मोहबाहेक अरु केही पनि होइन ।

राजावादी आपराधिक तत्व : प्रचण्ड
 माओवादीको तराई मधेश जागरण अभियान नवलपुरको गैडाकोटबाट पुनः सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैँडाकोटमा नयाँ वर्षको अवसर पारेर अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको बताए । उनले १५ चैतको तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि राजावादीहरू आपराधिक तत्वको रूपमा नांगिएको दाबी गरे ।

प्रचण्डले माओवादीले हस्तक्षेप नगरेको भए ठुलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको बताए । एकै दिन भएको समाजवादी मोर्चा र राजावादीको प्रदर्शनले राजावादी र गणतन्त्रवादीबिचको फरक छुट्याएको बताए । आफूहरूको प्रदर्शनले गणतन्त्रवादीहरू लोकतन्त्रप्रति उत्तरदायी छन् भन्ने पुष्टि भएको बताउँदै प्रचण्डले मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढेको दाबी गरे । प्रचण्डले मंगलबार गैँडाकोट, रजहर, कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।