१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार ११:o१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार ११:o१:oo

अघिल्लो दिन तोलामा एक हजार सात सय रुपैयाँ घटेको सुनको भाउ बुधबार फेरि बढेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय बढेको हो ।

यो मूल्यवृद्धिपछि फेरि सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला एक लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यसअघि सोमबार प्रतितोला एक लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । प्रतितोला एक हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।