
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ माओवादी केन्द्रको राजनीतिमा सक्रिय भएका छन्। पार्टीको मधेश जागरण अभियानमा पूर्वउपराष्ट्रपति पनि जोडिएका छन्। सोमबारदेखि नवलपुरबाट फेरि सुरु भएको तराई मधेश जागरण अभियानमा पुन पनि सहभागी छन्।
गत साता पार्टीको उपाध्यक्षमा मनोनीत भएसँगै उनी राजनीतिक रूपमा सक्रिय बनेका हुन्।
अभियानमा माओवादी अध्यक्ष प्रचण्ड, पासाङसहितका नेताहरू नवलपुर पुगेका छन्। सोमबार उनीहरूलाई गैँडाकोटमा स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका छन्। अभियानअन्तर्गत मंगलबार र बुधबार नेताहरू नवलपुरका भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।