Skip This
गणेशप्रसाद लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

गणेशप्रसाद लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रूपमा उदाएका छन्। यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ संस्मरण लेखेका हुन्।

शनिबार कालिकास्थानस्थित नेपालयको आरशालामा सीमान्त सम्झना पुस्तक लोकार्पण गरियो। गत वर्ष मदन पुरस्कार जितेकाे कृति ‘मुकाम रणमैदान’का लेखक मोहन मैनाली, टिप्पणीकार यादव देवकोटासहितले पुस्तक लोकार्पण गरे।

इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले पुस्तकबारे भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रूपमा चिनिन्छु। तर, म आज यहीँबाट एकमुस्ट रूपमा भन्न चाहन्छु, ‘सीमान्त सम्झनाजस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भने पनि म यो पुस्तक ज्ञानबर्द्धक र पठनीय छ भन्छु।’

पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन्। ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन्। आफूहरूले ‘सीमान्त सम्झना’मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोधशैली संयुक्त रूपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए।


केही रंगीन पृष्ठसहित ३३२ पृष्ठको पुस्तकको मूल्य ७४५ रुपैयाँ रहेको छ। पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकमबाट खरिद गर्न सकिन्छ। विश्वभरका पाठकहरूले पनि अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्नेछन्।