Skip This
आइपिएल–२०२५ : पन्जाबले चेन्नईलाई १८ रनले हरायो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार o७:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : पन्जाबले चेन्नईलाई १८ रनले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार o७:४३:oo

पन्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो ।

प्रत्युत्तरमा चेन्नईले २० ओभरमा पाँच विकेटको नोक्सानीमा २०१ रन बनाएको हो । पन्जाबको जितमा ओपनर प्रियांश आर्याले शतकीय इनिङ्स खेलेका थिए । उनले ४२ बलमा सात चौका र नौ छक्का प्रहार गरी १०३ रनको योगदान दिए । प्रियांशले केवल ३९ बलमै शतकीय इनिङ्स खेलेका थिए । आइपिएलमा उनको यो शतक चौथो छिटो शतक हो । पन्जाबका लागि शशांक सिंहले ३६ बलमा दुई चौका र तीन छक्का प्रहार गरी ५२ रन बनाए । मार्को जान्सेनले १९ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३४ रन जोडेका थिए । 

शशांक र प्रियांशले छैटौँ विकेटका लागि ३४ बलमा ७१ रन जोडे । शशांक र जान्सेनले सातौँ विकेटका लागि ३८ बलमा ६५ रनको साझेदारी गरे । लक्ष्य पछ्याएको इनिङ्समा चेन्नईका लागि डेभोन कोन्वेले सर्वाधिक ६९ रन बनाउन ४९ बलमा ६ चौका र दुई छक्का प्रहार गरेका थिए । शिभम दुवेले २७ बलमा ४२ रन तथा महेन्द्रसिंह धोनीले १२ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २७ रन जोडे । जितसँगै पन्जाब चौथो स्थानमा उक्लेको छ । चेन्नईको यो चौथो हार हो । 

यसअघि दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि चार रनको रोमाञ्चक जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनायो । प्रत्युत्तरमा कोलकाताले २० ओभरमा सात विकेटको क्षतिमा २३४ रन बनायो ।