Skip This
इतिहासमा आज
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २६ मंगलबार १o:१३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १o:१३:oo

सन् १९२९ : भारतीय स्वतन्त्रता सेनानी भगत सिंह र बटुकेश्वर दत्तले दिल्लीस्थित केन्द्रीय संसद्बाहिर बम प्रहार गरे ।

सन् १९१३ : संयुक्तराज्य अमेरिकाको संविधानको १७औँ संशोधन अमेरिकी कंग्रेसद्वारा अनुमोदन । 

सन् १९४६ : राष्ट्रसंघ (लिग अफ नेसन)को अन्तिम बैठक बस्यो ।

सन् २०१२ : नोबेल पुरस्कार विजेता जर्मन लेखक गुन्टर ग्रासलाई उनको कविता ‘ह्वाट मस्ट बी सेड’का लागि इजरायलले आफ्नो देशमा प्रतिबन्ध लगायो ।

सन् २०२१ : इजिप्सियाली पुरातत्वविद्ले तुतानखामुनको समाधि पत्ता लागेपछिकै महत्वपूर्ण खोजमा हराएको तीन हजार वर्ष पुरानो प्राचीन सहर एटेन पत्ता लगाए । 

सन् २०२२ : पहिलो निजी अन्तरिक्ष उडान (निजी लगानी र सञ्चालन) ‘एक्जियोम–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण भयो ।

सन् २०२२ : ओस्कार अवार्ड वितरण गर्ने संस्था ‘युएस एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइन्स’ले सन् २०२२ को समारोहमा प्रस्तोता क्रिस रकलाई थप्पड हान्ने अभिनेता बिल स्मिथलाई १० वर्षसम्म अवार्ड समारोहमा प्रतिबन्ध लगाउने घोषणा ग¥यो ।