मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २५ सोमबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा तिरहुत गाउँपालिका उपाध्यक्षसमेत सबैलाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार १७:३६:oo

विशेष अदालतले सात महिनाअघि दायर भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको छ । सप्तरीको तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसमेत ११ प्रतिवादी रहेकोमा सबैलाई सफाइ दिइएको हो। 

विशेषमा गत २३ भदौमा मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका– ५ मा पर्यटन गेट निर्माणमा ११ लाख १९ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भनी मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको हो । 

आर्थिक वर्ष ०७५/७६ मा प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र इन्जिनियर खुर्सेद इकरामले मिलेमतोमा गेट निर्माणमा अनियमितता गरेको अभियोग लगाइएको थियो । निर्माण अधुरै छाडेको, रंगरोगन र संवर्द्धनका लागि पनि सम्झौतापत्रमा उल्लेख गरी कम कामको पूरा भुक्तानी दिएकोजस्ता आरोप उनीहरूमाथि थियो । 

यस मुद्दामा गाउँपालिकाका लेखा प्रमुख सोनुकुमार सोनी, पालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, समिति सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगानन्द महतमान यादव र रमानन्द चौधरीको पनि संलग्नता रहेको दाबीसहित मुद्दा चलाइएको थियो । उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीविरुद्ध मुद्दा चलाइएकोमा उनीहरूले पनि सफाइ पाएका छन्।