मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १ शुक्रबार १४:३५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यु गर्दै तेरिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १४:३५:oo

अनिल बुढामगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजामगर अनुबन्धित भएका छन्। भारतीय रियालिटी साे ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’जस्ता वेब सिरिजमा अभिनय गरेकी थिइन्। उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ। जनक घर्तीमगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाले दोस्रोपटक सहकार्य गर्न लागेका हुन्। उनीहरूले यसअघि यस वर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए।

जिएम मुभिज प्रोडक्सन र एबिएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ। अर्को वर्ष छायांकन हुने सिनेमामा दयाहाङ र तेरियाबाहेक अन्य कलाकार को–को रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भइसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई हुन्।