मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १२:२३:oo

मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका– ८ सरस्वती खोलाको पुलमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका–७ भान्टाबारीका वर्ष ३४ का भुवन राई रहेका छन् । 

गएराति गाईघाटबाट चुहाडे (पूर्वबाट पश्चिम)तर्फ फर्की रोकिरहेको प्रदेश २–०१–००१त २३०१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा.६४प५१७ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किई दुर्घटना हुँदा राईकाे टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा राईको मृत्यु भएको घोषणा चिकित्सकहरूले गरेको डिएसपी दोङले जानकारी दिए । 

ट्याक्टरचालक उदयपुरगढी गाउँपालिका– ६ का वर्ष २५ का कुलबहादुर मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दोङको भनाइ छ । मोटरसाइकल तीव्र गतिमा भएका कारण ठोक्किन पुगी दुर्घटना भएको प्रहरीको भनाइ छ ।