मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्षेत्रीको पार्थिव शरीरको अन्तिम संस्कार भूतनाथ श्मशानघाटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १o:३५:oo

साहित्यकार लीलबहादुर क्षेत्रीको  पार्थिव शरीरलाई भूतनाथ श्मशानघाटमा अन्तिम संस्कार गरिने भएको छ ।  उनको निवासस्थानबाट गुवाहाटी नेपाली मन्दिर हुँदै भूतनाथ श्मशानघाटमा लगेर अन्तिम संस्कार गरिने असामका नेपाली साहित्यकार पुरुषोत्तम उपाध्याय दाहालले जानकारी दिए । क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको थियो । 

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘असाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध संग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए । भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।