मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
मवादा बहा
२o८१ फाल्गुण २८ बुधबार १o:१४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सिरियामा उठ्यो असद समर्थकको विद्रोह

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) द्वारा ९ मार्चमा जारी रिपोर्टअनुसार चार दिन चलेको भिडन्तमा एक हजारभन्दा बढी मारिएका छन्

Read Time : > 2 मिनेट
मवादा बहा
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १o:१४:oo

रियाली सरकारले तटीय प्रान्त लताकिया र टार्टुसमा चलेको सैन्य अप्रेसन समाप्त गरेको बताएको छ । त्यहाँ सिरियाली सुरक्षा बल र असद समर्थक सशस्त्र लडाकुबिच चार दिनसम्म भीषण लडाइँ भएको थियो । बसर अल–असदको सरकार ढलेको तीन महिनापछि ती प्रान्तमा उनको समर्थनमा विद्रोह उठेको देखिएको छ । चार दिनको अवधिमा लताकिया क्षेत्रमा हत्या, अपहरण, चोरी, उत्पीडन र आमहत्या घटेका खबर आइरहेका छन् । 

घटना मार्चमा सुरु भएको थियो । सरकारी सेनाले सिरियाका तटीय सहरहरू लताकिया, बानियास, टार्टस र जाब्लेहलगायत क्षेत्रमा ‘पूर्वशासनका अवशेषहरू’विरुद्ध सेना परिचालन सुरु गरे । असद शासनको समर्थन गर्दै नयाँ सरकारविरुद्ध उभिएको समूहलाई सिरियामा अहिले ‘अवशेष’ भन्ने गरिन्छ । लडाइँ मुख्यतः अलबी धार्मिक सम्प्रदाय बहुसंख्यक रहेको सहरमा भएका छन् । पूर्वराष्ट्रपति बसर अल–असद आफैँ पनि यही सम्प्रदायका हुन् ।

मार्च ६ मा असद समर्थक बन्दुकधारीले उत्तर–पश्चिम लताकिया र वरपर तैनाथ सेनाविरुद्ध आक्रमण गरे । आक्रमणमा कम्तीमा १६ सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । सरकारी मिडियाका अनुसार मार्च ६ मा भएको आक्रमण पहिलो भने थिएन । अल–असदको सरकारको अवसानपछि सरकारी सेनामाथि सो भेगमा धेरै आक्रमण भइसकेका थिए ।

 मानवीय क्षतिबारे अझै स्पष्ट भइसकेको छैन । तथापि, हालसम्म ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)’ले ९ मार्चमा जारी गरेको रिपोर्टअनुसार अघिल्लो सातसम्म कम्तीमा एक हजार ३११ जना मारिएका थिए । एसओएचआरका अनुसार मर्नेमध्ये करिब ८३० सर्वसाधारण, २३० सुरक्षाकर्मी र लगभग २५० जना सशस्त्र लडाकु थिए ।

 भिडन्त भएको क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण 
लताकिया–टार्टस सिरियाको तटमा अवस्थित छ । तिनको बिचमा बानियास र जबलेह छन् । यी दुई अलबी–बहुल प्रान्तलाई लामो समयदेखि अल–असदको गढ मानिन्छ । उनको परिवारको गृहनगर अल–केरदाहा लताकियाको पूर्वमा अवस्थित छ । अल–असदको पतन हुँदा पर्यवेक्षकले अलबी समुदायविरुद्ध बदलापूर्ण आक्रमण हुने डर व्यक्त गरेका थिए । 

सम्भवतः यही कारणले ‘असद शासनका अवशेष’ ले त्यहाँ आक्रमण गर्ने छनोट गरे । सम्भवतः तिनले साम्प्रदायिक तनाव बढाउने आशा राखेका हुन सक्छन् । बानियासमा सिरियाको सबैभन्दा ठुलो तेल रिफाइनरी छ । सुरक्षा बलहरूले सशस्त्र लडाकुले रिफाइनरीमा आक्रमण गर्ने प्रयास गरेको तर तिनलाई असफल बनाएको दाबी गरेको छ ।

बसर अल–असदको सरकार ढलेको तीन महिनापछि तटीय प्रान्तमा उनको समर्थनमा विद्रोह उठेको देखिएको छ । लडाइँ मुख्यतः अलबी धार्मिक सम्प्रदाय बहुसंख्यक रहेको सहरमा भएका छन् । पूर्वराष्ट्रपति बसर अल–असद आफैँ पनि यही सम्प्रदायका हुन् ।

असद समर्थक सशस्त्र समूहको नेतृत्व अल–असदको शासनमा सेनाका उच्च ओहोदामा रहेका अधिकारीले नेतृत्व गरेको बताइएको छ । अलाबी समुदायका मानिसले सशस्त्र समूहहरूले आफ्नो सम्प्रदायका मानिसको उत्पीडन र अपहरण गरिरहेको बताएका छन् । सिरियाली सरकारले अनुमान गरेअनुसार तटीय क्षेत्रमा पाँच हजार सशस्त्र व्यक्ति सक्रिय छन् ।

फेब्रुअरीदेखि सामाजिक सञ्जालमा आएका भिडियोहरूमा अल–असदका पूर्वसेना अधिकारी मुक्दाद फतेहाले तटीय क्षेत्रमा ‘एचटिएसको हिंसा’को प्रतिरोध गर्न समूह गठनको घोषणा गरेको देखिन्छ । अल–असदको रिपब्लिकन गार्डमा रहेका फ्लेहाले आफ्नो सन्देशमा अलाबी समुदायलाई दुव्र्यवहार गरिएको दाबी गर्छन् । अल–असदको समयमा सेनाका ब्रिगेडियर जनरल घियाथ सुलेमान डल्लाको भनिएको वक्तव्यमा ‘अतिक्रमणकारी आतंकवादी शक्तिलाई निष्कासन गर्न’ र ‘दमनकारी साम्प्रदायिक सुरक्षा उपकरणलाई ध्वस्त पार्न’ ‘सिरियाको मुक्तिका लागि सैन्य परिषद्’ गठनको घोषणा गरिएको छ ।

पछिल्लो भिडन्तको घटना सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराका लागि ठुलो चुनौतीका रूपमा आयो । घटनापछि आइतबार अल–साराले घटनाको अनुसन्धान गर्न दुई नयाँ समितिको घोषणा गरे । दुईमध्ये एउटा न्यायाधीश र वकिलहरूको स्वतन्त्र समिति हो, जसले मार्च ६ मा भएको आक्रमण र त्यसपछि भएको हिंसाको अनुसन्धान गर्नेछ । ‘उच्च राष्ट्रिय हित र नागरिक शान्ति’को खोजीमा दोषीलाई जवाफदेही बनाउने जिम्मेवारी तिनलाई दिइएको छ । 

दोस्रो समिति ‘नागरिक शान्तिका लागि सर्वोच्च समिति’ हो, जसलाई प्रभावित क्षेत्रका बासिन्दासँग छलफल गर्न र तिनको सुरक्षाको जिम्मेवारी दिइएको छ । यसअघि आइतबार नै अल–साराले दमास्कसको मस्जिदमा बोल्दै संकटको गम्भीरतालाई स्वीकार गर्दै राष्ट्रिय एकताका लागि आह्वान गरे । शुक्रबार अर्थात् मार्च ७ मा उनले टेलिभिजन सम्बोधन गर्दै स्थिरताप्रति आफ्नो प्रतिबद्धता पुनः दोहो¥याए । अपराधका लागि जिम्मेवारहरूलाई कानुनको कठघरामा उभ्याउने बताउँदै शान्ति सुरक्षा सुदृढ गर्ने वाचा गरे । युद्ध भड्किएको क्षेत्रका मानिस डरका कारण सुरक्षा स्थानतर्फ पलायन भएका छन् । 
– अल जजिराबाट