मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १६ शुक्रबार १९:o४:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार १९:o४:oo

फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा छ।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, निर्देशक मिलन चाम्सलगायतको उपस्थिति थियो। एन्जिला नै यस चलचित्रकी प्रमुख कलाकार हुन्।

कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको उल्लेख गर्दै जुन कुरा निकै गाह्रो भएको बताए। चाम्सले गैरकलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर खेलाडीहरूलाई अभिनय गराएको बताए। चाम्सले चलचित्र हेर्न आउनुअघि दर्शकले धेरै कुरा जानेर आउनुपर्छ भन्ने लागेर ट्रेलरमा केही कुराहरू खुलासा गरिएको जनाए।

चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो चलचित्रमा कथा फुटबलभन्दा पनि अन्जिलाको कथा मुख्य रहेको बताए। अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको ठुलो फ्यान रहेको जनाए। ‘कप्तानको फिल्म बन्दै छ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,’ राईले भने।

कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन्। उनले भनिन्,  ‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ। पहिले म डराउँथेँ, तर आजभाेलि आफ्नै दाइ हो जस्तो लाग्छ। मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदै छु।’ एन्जिला व्यावसायिक फुटबल खेल्न आजै ग्रिस प्रस्थान गरेकी छिन्।

एन्जिलाले आफू १३ वर्ष हुँदा पनि आफूले ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायांकनमा खासै अप्ठ्यारो नलागेको बताइन्।

चलचित्रमा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन्।

मुन लभ इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्। टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुन्। चलचित्रमा विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।