मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
२o८१ फाल्गुण १६ शुक्रबार २१:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्यो डिजेल र मट्टीतेलको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार २१:५६:oo

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्यअनुसार डिजेल/मट्टीतेलमा प्रतिलिटर  ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

निगमले भनेको छ,  ‘इन्डियन आयल कर्पोरेसनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.५० र प्रतिसिलिन्डर एलपी ग्यास रु. ६.२७ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णयबमोजिम १ मार्च, २०२५ (मिति २०८१/११/१७) को बिहान ००:०१ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टीतेलमा रु. १ ले घटाइएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’