मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १६ शुक्रबार १५:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुक्रबार बिहानको भूकम्पले ६ जना घाइते, प्रहरी कार्यालयसहित ६ घरमा क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार १५:३९:oo

शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भागदौड गर्दा केही घाइते भएका हुन्। 

भूकम्पमा एक घर भत्किएको र तीनजना विस्थापित भएको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयसहित अन्य पाँचवटा घरमा आंक्षिक क्षति पुगेको छ । ‘६ जना सामान्य घाइते भएका छन्,’ प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने, ‘सिन्धुपाल्चोकमा प्रहरीको एक अस्थायी कार्यालयमा पनि सामान्य क्षति  पुगेको छ ।’ 

बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस भएको थियो।