मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
तस्बिर : रोयटर्स
एजेन्सी बेइजिङ
२o८१ फाल्गुण १६ शुक्रबार १५:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ऊर्जा वार्ता पुनः सुरु गर्न बेलायती ऊर्जासचिवले चीन भ्रमण गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी, बेइजिङ
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार १५:३५:oo

बेलायती ऊर्जासचिव एड मिलिब्यान्डले ऊर्जा सहयोगसम्बन्धी वार्ता पुनः सुरु गर्न र लगानीकर्ताहरू भेट्न आगामी मार्चमा चीनको भ्रमण गर्ने भएका छन्।

अमेरिका–इयु–चीन सम्बन्ध बिग्रिँदै जाँदा लेबर पार्टी नेतृत्वको सरकारले चीनसँगको सम्बन्ध घनिष्ठ बनाउन चाहेको छ। मिलिब्यान्डले मार्च १७–१९ सम्म बेइजिङ भ्रमण गर्ने यसबारे जानकार तीन स्रोतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

बेलायती अधिकारीहरूले भनेका छन् कि उनीहरूले विशेषगरी रोजगारी सिर्जना गर्ने, चिनियाँ लगानी स्वीकार गर्ने र आणविक ऊर्जा केन्द्रजस्ता संवेदनशील पूर्वाधार चिनियाँ फर्महरूलाई प्रदान गर्न अनुमति दिने विषयमा कन्जरभेटिभ पार्टी नेतृत्वको यसअघिको सरकारको स्थितिलाई पुनर्विचार गर्न चाहेका छन्।

भ्रमणको विषयमा बेलायतको विदेश, कमनवेल्थ र विकास कार्यालय तथा चीनको परराष्ट्र मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेका छन्।