मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025
२o८१ फाल्गुण १६ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १६ शुक्रबार १२:o४:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् ।  साथै उनले  ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीकाे कारण देखाउँदै क्यानडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताए । विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ ।

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर, एक महिना लामो विश्राम मंगलबार समाप्त हुँदै छ । अर्को हप्ता शुल्कमा अगाडि बढ्ने योजना छ कि छैन भन्ने पत्रकारहरूको प्रश्नपछि ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा जबसम्म फेन्टानिलको समस्या बन्द हुँदैन ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित शुल्कहरू निर्धारित रूपमा हुने  लेखेका छन् । 

‘चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ,’ उनले मार्च ४ को सन्दर्भमा भने । यस महिनाको सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरे । यसबाट बेइजिङलाई जवाफी कारबाही गर्न उत्प्रेरित गर्‍यो ।

एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको अवस्थित शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गर्दै लागुपदार्थ मामिलामा ‘अपर्याप्त प्रगति’ भएको बताएका छन् ।रासस/एएफपी