मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
२o८१ फाल्गुण १३ मंगलबार ११:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कागजात नभएका १२ वटा मोटरसाइकल भन्सार पठायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार ११:१७:oo

जिल्ला प्रहरी कार्यालय रौतहटले कागजात नभएका १२ वटा मोटरसाइकलाई गौर भन्सार कार्यालय रौतहटमा पठाएको छ ।  यही फागुन १ गतेबाट  खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा सवारीसाधनहरूलाई चेकजाँच गर्ने क्रममा कागजातहरू नभएको मोटरसाइकलहरू नियन्त्रणमा लिई  कार्यालयमा राखेको थियो ।

करिब  नौ लाख ६० हजारबराबरको १२ वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि मंगलबार गौर भन्सार कार्यालय रौतहटमा पठाएकाे प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।