सशस्त्र प्रहरी बलमा एकैपटक एक हजार आठ सय पदमा बढुवा प्रक्रिया अघि बढेको छ। इन्स्पेक्टर र त्योभन्दा तल्लो तहमा बढुवा प्रक्रिया अघि बढेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार इन्स्पेक्टरसम्मका पदमा करिब एक हजार आठ सयजनाको बढुवा प्रक्रिया अघि बढाइएको छ । गत १९ पुसमा बढुवा समितिले सूचना प्रकाशन गरी सात दिनभित्र मूल्यांकन फारम भरेर बुझाउन भनेको थियो। जसअनुसार शुक्रबारसम्म बढुवाका आकांक्षीले फारम भरेका छन्।
सशस्त्रमा लामो समयदेखि नियमित बढुवा हुन सकेको छैन। सशस्त्रमा गत १६ भदौदेखि नै डिआइजीका दुई पद रिक्त छन्। जुनियर ब्याचका अधिकृतहरूको दबाब कारण रिक्त पदमा बढुवा हुन नसक्दा तल्लो तहसम्म प्रक्रिया रोकिएको छ । डिआइजीको बढुवा रोकिएपछि सिनियर तहको बढुवा स्थगन गरी सशस्त्र प्रहरी प्रधान कार्यालयले तल्लो तहबाट बढुवा प्रक्रिया अघि बढाएको हो।