मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २६ शुक्रबार १४:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिन्धु विकास बैंकका सिइओ सुरेश देवकोटाले सम्हाले पदभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार १४:५६:oo

सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटाले शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबिच पदभार सम्हालेका छन् ।  बैकको सञ्चालक समितिले देवकोटालाई चार वर्षका लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै देवकोटाले संस्थागत सुशासन र नियमाकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई एक सबल, सक्षम र उदारणीय बैंक बनाउने योजना रहेको पनि बताए । 

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटाले आफ्नो बैंकिङ करिअर ०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरी लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए । देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायतका कार्यकारी पदहरूमा रही आफूलाई अब्बल साबित गरेका थिए । तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात् देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्दै करिब एक वर्ष उक्त संस्थाको कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरेका थिए । 

व्यावसायिक रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पूर्वपार्षद् रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्यसमेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सलगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । बैंकिङ, वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैंक सञ्चालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन् ।