राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी ओलीले भेट गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
कानुनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्यालसमेत भेटमा सहभागी थिए।