कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।
कांग्रेसले १४औँ महाधिवेशनसम्म ४८ विभाग रहेकोमा बढाएर ६९ विभाग बनाउने निर्णय गरेको थियो । १४ विभागले नेतृत्व पाएका छैनन् । विधानमा विभागको नेतृत्व केन्द्रीय सदस्यले गर्ने र ५१ जनासम्म सदस्य रहने व्यवस्था छ ।
पार्टीको मेरुदण्ड मानिने विभाग गठनले पूर्णता नपाउँदा नेता व्यवस्थापन हुन सकेका छैनन् भने पार्टीलाई क्रियाशील बनाउन सकेको छैन ।