मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार o८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एक अर्ब १९ करोड ठगीको अभियोग लागेका स्वर्णलक्ष्मी सहकारीको कर्जा र लेखा समिति सदस्य धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o८:५७:oo

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी हिनामिनामा पक्राउ परेका दुई आरोपी धरौटीमा छुटेका छन् । कर्जा उपसमिति सदस्य कमल लामा तीन लाख र लेखा समितिकी पूर्वसदस्य सुनिता नेवा चार लाख धरौटीमा मंगलबार छुटेका हुन् । गत आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका दुईसहित ३९ विरुद्ध मुद्दा दायर गरेको थियो ।

नेवा र लामाविरुद्ध पनि एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँको एकमुस्ट बिगो कायम गरिएको थियो । दुई अर्ब ६५ करोड हिनामिना भए पनि पीडितहरूले दिएको जाहेरीलाई आधार बनाएर सोबराबरको रकम मागदाबी लिइएको थियो । नेवाले बयानका क्रममा ०७३/७४ देखि सहकारीका सञ्चालकहरू सहकारीको रकम हिनामिनामा जिम्मेवार रहेको बताएकी थिइन् । त्यसयता कांग्रेस सांसद माया राई दुईपटक सहकारीको सञ्चालक रहेकोमा उनलाई भने रहस्यमय रूपमा उन्मुक्ति दिइएको छ ।

सुरुमा प्रहरीले उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएकोमा पछि सोधपुछसमेत नगरी मुद्दा दायरको सिफारिस गरेको थियो । तर, सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा उनको नाम नै गायब पारेको छ ।