मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार २o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीन लाख धरौटी बुझाएर छुटे प्रसाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार २o:o७:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गरेको छ। उनी धरौटी रकम बुझाएर बिहीबार नै रिहा भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। 

उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले धरौटी माग गर्ने आदेश गरेका हुन्। प्रसाईंका साथै नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाल र रामचन्द्र मैनालीलाई पनि प्रतिवादी कायम गरिएको थियो। उनीहरू भने धरौटी बुझाउन नआएको जिल्ला अदालतले जनाएको छ। 

प्रसाईंसमेत तीनैजनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएको हो। २४ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो। 

नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीलाई उनले धम्क्याएकोसमेत भेटिएपछि उनीविरुद्ध यो कसुरमा पनि मुद्दा चलेको हो। यसअघि व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले समेत प्रसाईंविरुद्ध उजुरी दिएका थिए। प्रसाईंमाथि साइबर अपराधका मुद्दासमेत जिल्ला अदालतमा विचाराधीन छन्।