मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार २o:५o:oo
Read Time : < 1 मिनेट
समाचार

दिलीप महतोको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार २o:५o:oo

धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरका ओमप्रकाश भनिने दिलीप महतोको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ। बिहीबार उनका परिवारका सदस्य तथा वातावरण र पर्यावरणका क्षेत्रमा कार्यरत व्यक्तिहरूले स्मृति दिवस मनाएका हुन्। 

अवैध रूपमा भइरहेको खोला दोहनका विरुद्ध आवाज उठाउँदा २५ पुस ०७६ मा उनको हत्या भएको थियो। क्रसर व्यवसायीले ट्रकले किचेर उनको हत्या गरेका थिए। यही घटनाकै स्मरणमा राजधानीको माइतीघरमा उनको स्मृति दिवस तथा दीप प्रज्वलन गरिएको हो। 

चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनिन्द्र महतोले मिलेर दिलीपको हत्या गरेका थिए। उनीहरू दुवैजनालाई अदालतले जनही २५ वर्ष कैद सजाय सुनाएको थियो। साथै, ५–५ लाख क्षतिपूर्ति भराउन फैसला भएको थियो। यस घटनामा रंजित भनिने जितेन्द्रकुमार महतोलाई जिल्ला अदालत धनुषाले मतियार ठहर गर्दै सजाय सुनाएको थियो। 

उच्च अदालत जनकपुरले पनि जिल्लाकै फैसला सदर गरेको छ। बिहीबारको कार्यक्रममा उनका परिवारजन तथा अभियन्ताहरूले दिलीपलाई प्रथम पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गरे।