मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार

८४ दिन हिरासतमा बसेपछि धरौटीमा छुटे रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार २o:४४:oo

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुटेका छन्। अदालतले ६५ लाख धरौटी माग गरेकोमा उनले बैंक जमानत बुझाएर छुटेका हुन्। उनी २ कात्तिकमा पक्राउ परेकोमा अनुसन्धानका लागि प्रहरीले ८४ दिन थुनामा राखेको हो। काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी नेता डिपी अर्यालको रोहवरमा उनी छुटेका हुन्। 

उनीविरुद्ध काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको मुद्दा दायर छ। त्यस्तै चितवन, कास्की र पर्सामा पनि मुद्दा दायरको तयारी भइरहेको छ।