मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २५ बिहीबार o८:१३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका पूर्वएआइजी उमेशराज जोशीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o८:१३:oo

नेपाल प्रहरीमा स्टाफ कलेज किन आवश्यक छ ?
फाइल बढुवाका माध्यमबाट जो पनि प्रमोसन हुँदै माथि पुग्ने प्रणालीले गर्दा प्रहरी जनशक्तिमा ‘क्वालिटी’ भएन । सोर्सफोर्सका आधारमा माथि जाने प्रवृत्तिले गर्दा प्रहरीको आन्तरिक प्रणाली कमजोर भयो । यस्तो अवस्थामा अब एसएसपीभन्दा माथि जान स्टाफ कलेज गरेकै हुनुपर्ने व्यवस्थाले गर्दा दक्ष र अपडेटेड प्रहरी नीति निर्माण तहमा पुग्ने अवस्था सिर्जना हुन्छ । स्टाफ कलेजको परीक्षा त्रिविले लिन्छ, प्रहरीले होइन । यसबाट प्रहरीको गुण, क्षमता र दक्षता अभिवृद्धि हुन्छ । यसले प्रहरीलाई अध्ययनशील बनाउँछ । यसबाट प्रहरी अधिकृतहरू नयाँ नयाँ ऐन, कानुन र प्रविधिबारे ‘अपडेटेड’ हुन्छन् । 

यसले प्रहरीको आन्तरिक जीवनमा कस्तो प्रभाव पार्छ ? 
सबैभन्दा पहिले यसबाट प्रहरी अद्यावधिक हुन्छ । समयसापेक्ष प्रहरी जनशक्ति तयार हुन्छ । नीति निर्माण तहमा जाने प्रहरी अधिकृतका लागि निरन्तर अध्ययन अत्यावश्यक हुन्छ । प्रभावकारी अनुसन्धानका लागि दक्ष जनशक्ति उत्पादन जरुरी छ । स्टाफ कलेजले यसमा सघाउँछ । एकजनाले तीनपटकसम्म स्टाफ कलेज दिन पाउँछ । एकपटक नसके फेरि अर्कोपटक दिन पाउँछ । यसले उसमा अध्ययन गर्ने, आफूलाई अपडेट गर्ने प्रतिस्पर्धी संस्कृतिको विकास हुन्छ । यसबाट प्रहरी संगठनभित्र ‘फेयरनेस’ आउँछ । 

प्रहरीको समग्र वृत्ति विकासमा कस्तो प्रभाव देखिएला ?
प्रहरीको वृत्ति विकासमा कहिलेकाहीँ ‘जाम’ देखिन्छ । शक्तिशाली या शक्तिकेन्द्रनिकट कर्मचारीले आफ्नो पालो नआउन्जेल अनेक बहानामा प्रमोसन नै रोकिदिने र आफू त्यसका लागि योग्य भएपछि मात्र प्रमोसन खुलाउने अवस्थासम्म हुन सक्थ्यो । तर, अब स्टाफ कलेज नगर्नेले यसमा चलखेल गर्न पाउँदैन । स्टाफ कलेज गर्ने जनशक्ति सीमित हुन्छन् । त्यसैले, त्यहाँ हुने खिचातानी र दौडधुप बन्द हुन्छ र स्वच्छ प्रहरी संगठनको विकास हुन्छ ।