नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौं आएका व्यक्तिको मृत्यु भएको छ । निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए । जहाजभित्रै अचेत भेटिएका ताप्लेजुङका ५२ वर्षीय देउमान लिम्बूलाई आफन्तहरूले सिनामंगलमै रहेको केएमसी अस्पताल पुर्याएका थिए ।
निगमका प्रवक्ता रमेश पौडेलले जहाजमा उनको अवस्था के थियो भनेर तत्काल भन्न नसकिने बताए । निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बूलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।