मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
सौरभ यादव राजविराज
२o८१ मङ्सिर १३ बिहीबार o९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खडक नगरपालिकाकी पूर्वउपमेयरको घरबाट भन्सार छलीका कपडा बरामद

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार o९:५१:oo

सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको घरबाट भन्सार छलीको आशंकामा लाखौँ रुपैयाँबराबरको कपडा नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले मंगलबार खडक नगरपालिका– ७ स्थित यास्मिनको गोदामबाट १९ लाख ३० हजार ९० रुपैयाँबराबरको कपडा बरामद गरेको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी विजयकुमार साहले बताए।

गोप्य सूचनाको आधारमा छापा मारेर ३८ वटा पोकामा रहेकाे तयारी पोसाक बरामद गरेको सूचना अधिकारी साहले बताए। तत्काल सामानको बिलबिजक नदेखाएपछि भन्सार छलीको आशंकामा सामान नियन्त्रणमा लिई अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी लगिएको साहले जानकारी दिए।

पूर्वउपमेयर यास्मिन सुल्तानलाई उन्मुक्ति दिने प्रयास
प्रहरी र भन्सारको टोली पुग्दा घरमै रहेकी सुल्तानलाई भने प्रहरीले छोडेको छ। उनलाई पहुँचका आधारमा उन्मुक्ति दिने प्रयास भइरहेको स्राेतले बतायो। सुल्तान यसअघिको कार्यकालमा खडग नगरपालिकाको उपमेयर थिइन्।

सशस्त्र प्रहरीका एसपी ज्ञानमणि पौडेलले भने घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउँदै मुद्दाका क्रममा आवश्यक भए सुल्तानलाई पनि कानुनी दायरामा ल्याइने प्रतिक्रिया दिए।