मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ११ मंगलबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगर–१६ का स्वतन्त्र उम्मेदवार पन्तले रास्वपाकी उम्मेदवारलाई समर्थन गर्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार २१:o२:oo

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरूको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी रोजिना श्रेष्ठ (चुनाव चिह्न घण्टी) एक सशक्त उम्मेदवार भएको अनुभूति भयो। स्थानीयस्तरमा लामो समय सामाजिक कार्यमा संलग्न भई वडाको बृहत्तर विकासमा समेत योगदान पुर्‍याएकी कानुनमा स्नातक तथा व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन पूरा गरेकी सफल व्यवसायी एवं महिला नेतृले मलगायत परिवर्तनका पक्षधरहरूको भावना समेटेर काम गर्ने कुरामा म विश्वस्त छु। तसर्थ, उहाँलाई समर्थन गर्ने निर्णय लिएको छु।’

रास्वपाको प्रतिबद्धता पत्र र आफ्नो उम्मेदवारीको प्रतिबद्धता समान भएको हुँदा यसको कार्यान्वयनका लागि सहकार्य गर्ने गरी समर्थन गरेको उनले जनाएका छन्।