मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
२o८१ मङ्सिर ११ मंगलबार २o:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

यू–१९ महिला विश्वकप : मैदान निरीक्षणका लागि आइसिसीका प्रतिनिधि पोखरामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार २o:२६:oo

सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपका लागि मैदान निरीक्षण गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का दुई प्रतिनिधि पोखरा आएका छन् । नेपाल र बंगलादेशमा हुने भनिएको यू–१९ महिला विश्वकपको तयारीस्वरूप उनीहरू नेपाल आएका हुन्।

यू–१९ महिला विश्वकपका लागि आइसिसीले नेपाललाई सह–आयोजक भनेर तोकेको छ। प्रतियोगिता गर्ने अवसर पाएसँगै काठमाडाैं र पोखरामा खेल आयोजना गर्ने तयारी नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको छ। सोही क्रममा आइसिसीका प्रतिनिधि पोखरा आएका हुन्। टोलीले खेल मैदानसँगै पोखरामा रहेका होटेलहरूको पनि निरीक्षण गर्नेछ। टोली बिहीबार काठमाडाैं फर्कनेछ।

आइसिसीका सिनियर म्यानेजर रोहित पोडर र डेभलपमेन्ट अफिसर एमडी यम्युनल इस्लाम पोखरा आएका हुन्। उनीहरूसँगै क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्का र अमेरिकाका लागि नेपालका पर्यटनदूत विनोद अधिकारीको टोली मंगलबार पोखरा आएको हो। 

टोलीलाई पोखरा महानगरपालिका मेयर धनराज आचार्य, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, क्यानका पूर्वकेन्द्रीय सदस्य ऋषिराम गौतमलगायतले स्वागत गरेका थिए । 

टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन निरीक्षण गरेको थियो। सिग्देल र मैदानका पिचक्युरेटर प्रदीप राउतले पोखरा रंगशाला र मैदानको अवस्थाका बारेमा जानकारी गराएका थिए। 

टोलीले पिच राम्रो भए पनि आवश्यक अन्य पूर्वाधार नरहेको र नबनेको, १३औँ दक्षिण एसियाली खेलकुद (१५–२४ मंसिर ०७६) सम्पन्न भएको यत्रो वर्ष पुग्दासमेत मैदानमा आवश्यक संरचना किन बन्न नसकेको भनी सोधेका थियाे।

पोखराका मेयर आचार्यले प्रतियोगिता आयोजना गर्ने समय करिब तीन वर्ष रहेकाले आवश्यक संरचना तयार गर्ने र यसका लागि आवश्यक सहयोग, समन्वय गर्ने बताए। 
क्यान गण्डकीका अध्यक्ष सिग्देलले आवश्यक संरचना निर्माण गर्न संघ र प्रदेश सरकारले चालू आवमा बजेट विनियोजन गरेको बताए। 

टोलीले बुधबार पोखरामा रहेका तारे होटेलहरूसँगै अन्य होटेलको अवस्था, होटेलमा पाहुना राख्न सक्ने क्षमतालगायतको विषयमा जानकारी लिने जनाएको छ। यस वर्षको यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा सम्पन्न भैसकेको छ। सन् २०२५ मा मलेसिया र थाइल्यान्ड, सन् २०२६ मा जिम्बावे र नामिबियामा प्रतियोगिता हुँदै छ।