नेपाली बजारमा सुनको मूल्य लगातार ६ दिनदेखि बढिरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले बढेको हो । यो साता लगातार सुनको मूल्य बढ्दा तोलामा सात हजार दुई सय रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला एक हजार, एक हजार एक सय, नाै सय, एक हजार र एक हजार पाँच सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार नाै सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।