मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ७ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार

किसानको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नुस् : उपप्रधानमन्त्री सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ७ शुक्रबार १६:५६:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले किसानलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका वित्तीय सन्देशको शुक्रबार विमोचन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । नेपालका लागि कृषिको महत्त्व धेरै रहेको भन्दै उनले किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिए । 

उनले कृषि विकास बैंकलाई सेवाग्राहीहरूलाई सहज रूपमा सेवा प्रदान गर्न पनि आग्रह गरे । आर्थिक रूपमा अहिले देखिएको असहज अवस्था फुकाउन कस्तोे नीति लिएर अघि बढ्नुपर्छ सोहीअनुसारको नीति बनाएर काम गर्न पनि बैंक व्यवस्थापनलाई उनको सुझाव थियो ।