Skip This
साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ कार्तिक ११ आइतबार २२:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद

साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार २२:o२:oo

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी भएको हो। अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। 

दशरथ रंगशालामा भएको खेलमा भारतको लागि संगीता बास्फोरेले अग्रता बनाएकी थिइन्। लामो विवादपछि नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै बराबरी बनाइन्। निर्धारित ९० मिनेटको खेलपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। ६ः३० बजे सुरु भएको खेल विवादपछि ढिला हुँदा ९ः ४५ बजे पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा नेपालका लागि साबित्रा, गीता राना, सबिता रानामगर र अमिशा कार्कीले गोल गरे। भारतका लागि मनीषा, पुरुषोत्तम सिर्भोइकरले गोल गर्दा कप्तान असलताको प्रहार पोस्टमा लागेर फर्कियो। चानु सोरोखैबामको प्रहार गोलकिपर अन्जना रानामगरले रोकिन्।