Skip This
मैदान सुरक्षामा एन्फाको चरम लापरबाही, रेफ्रीमाथि बोतल प्रहार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ कार्तिक ११ आइतबार १९:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद

मैदान सुरक्षामा एन्फाको चरम लापरबाही, रेफ्रीमाथि बोतल प्रहार 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार १९:५४:oo

साफ माहिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारत खेलिरहेका छन्। दशरथ रंगशालामा जारी सेमिफाइनलको दोस्रो हाफमा रेखा पौडेलले रातो कार्ड पाएपछि उत्तेजित समर्थकले बोतल प्रहार गरेपछि खेल रोकिएको थियाे। 

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरक्षा व्यवस्थामा चरम लापरबाही गरेको आरोप लागेको छ। मैदानमा न्यून सुरक्षाकर्मी परिचालनका कारण दर्शकले भुटानी रेफ्रीमाथि बोतल प्रहार गरेको आरोप छ।  यस्तै, भारतीय प्लेयर बक्समा पनि बोतल फालिएको थियो।

दोस्रो हाफ चलिरहँदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्। नेपालकी साबित्रा भण्डारी, अमिशा कार्की र रेखा पौडेल गोल गर्न चुकेका छन्। भारतले भने पहिलो हाफमा एक मात्रै अवसर बनाएको थियो। 

नेपाल लगातार भारतविरुद्ध सेमिफाइनलमा जित निकाल्ने दाउमा छ। सन् २०२२ मा भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो।