१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार २२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापति लामिछानेलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह : रास्वपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार २२:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएकको रास्वपाले जनाएको छ । यसकाे साथै  रास्वपाले सभापति लामिछाने पक्राउकाे भर्त्सना समेत गरेको छ ।

पार्टीको तर्फबाट आज एक विज्ञप्ती जारी गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भनेका छन् 'हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति हामी घोर भर्त्सना गर्दछौं । संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको रास्वपाको ठम्याई छ ।'

तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन विज्ञप्तीमा भनिएको छ ।

'बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ,' विज्ञप्तीमा भनिएको छ, 'गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौंको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौं, तर्सिएका हैनौं । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ ।'

देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई देशमा दशकौंदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन रास्वपाले आह्वान समेत गरेको छ ।सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति लामिछानेलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर रातारात स्थलमार्गबाट पोखरा लैजादै छ ।