१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारी ठगी आरोपमा रवि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १८:५७:oo

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। उनलाई सडकमार्ग हुँदै पोखरा लगिँदै छ।

सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा प्रवाह भएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानले सो रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो।

यसअघि संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न सिफारिस गरेको थियो।