१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार १९:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार ढाल्ने निर्णय भएकै दिन मलाई जेल हाल्ने सम्झौता गरियो : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १९:१६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकार ढाल्ने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने सम्झौता भएको दाबी गरेका छन्। पार्टी कार्यालयबाट पक्राउ पर्नुअघि कार्यकर्तालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो बताएका हुन्।

‘म सरकारको बाध्यता बुझ्छु। मलाई थाहा छ– जुन दिन सरकार ढाल्ने निर्णय भएको थियो त्यसै दिन रविलाई जसरी भए पनि हामी जेल कोच्छौँ, चिन्ता नगर्नुस् भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ,’ उनले भने।

व्यक्तिका रूपमा आफूले धेरै कुरा पाइसकेकाले पक्राउ पर्नुमा चिन्ता नभएको भन्दै उनले सरकार टिकाउनकै लागि मात्र आफूहरूले सम्झौता नगरेको दाबी गरे। उनले भने, ‘आमनेपाली नागरिकले सबै कुरा देखेकै छन्, बुझेकै छन्। म यति एउटा कुराचाहिँ भन्न चाहन्छु, यदि उनीहरूले जस्तै सम्झौता गरेको भए सायद सरकार लम्बिन्थ्यो होला। हामीले यो अप्ठ्यारो महसुस गर्नुपर्ने थिएन। तर, हामीले कुनै पनि सम्झौता गरेनौँ।’