Skip This
लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
अर्थ

लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o९:o६:oo

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन लमजुङमा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने नागरिकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय हाताभित्रै आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो । बेँसीसहर नगरपालिका, जिल्ला प्रशासन कार्यालय लमजुङ, गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालय, हेल्भाटास नेपाल, स्विस सरकार विकास सहयोग कार्यक्रम र सामी परियोजनाको सहयोगमा आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको हो ।

स्रोत केन्द्रमा वैदेशिक रोजगारीमा जानेहरूलाई मनोपरामर्शका लागि एकजना दक्ष कर्मचारीको व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरू, त्यहाँ आइपर्न सक्ने कठिनाइ, अपनाउनुपर्ने सुरक्षा र वैदेशिक रोजगारीमा कुनै अप्ठ्यारो आएमा के गर्ने भन्ने विषयमा केन्द्रले परामर्श दिनेछ । त्यस्तै, केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनुका साथै वैदेशिक रोजगारीमा भइरहेको ठगी कम गराउने र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिस उपलब्ध गराउनेलगायत काम गर्नेछ ।

आप्रवासी स्रोत केन्द्रको आइतबार बेँसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।